भारत बायोटेकद्वारा नेपालमा कोभिड–१९ खोप क्लिनिकल परीक्षणको तयारी

समाचार

1/18/2021


काठमाडौं, ५ माघ । कोभिड–१९ को खोप आपतकालीन प्रयोगका लागि अनुमति पाएको भारत बायोटेकले नेपालमा क्लिनिकल परीक्षणको तयारी भइरहेको बताएको छ ।

भारतको हैदरावादमा रहेको सो कम्पनीले केही दिन अगाडि मात्रै आपतकालीन प्रयोगका लागि अनुमति पाएको थियो ।

हैदरावादमा आयोजना भएको एक भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै सो कम्पनीका संस्थापक तथा अध्यक्ष कृष्ण इलाले सो जानकारी दिएका हुन् ।

उनले भने,‘हामीले वेलायतसहित १२ भन्दा बढी मुलुकहरुमा परीक्षण गरीसकेका छौं । हामी पाकिस्तान, नेपाल, बंगलादेश र अन्य मुलुकमा परीक्षण गर्दैछौं । हामी भारतीय मात्र कम्पनी होइनौं, हामी विश्वव्यापी कम्पनी हौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ