भारत र चीनबीचको सीमा विवादबारे जसपाको विज्ञप्ति

समाचार

6/21/2020

काठमाडौं, ७ असार । छिमेकी राष्ट्रहरु भारत र चीनबीच रहेको सीमामा तनावबारे जनता समाजवादी पार्टी नेपालले एक विज्ञप्ति जारी गरी यो सम्पूर्ण क्षेत्रको लागि चिन्ता र चासोकोे विषय रहेको जनाएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि हामी विश्वस्त तथा आशावादी छौं कि दुवै पक्षमा रहेको मतभिन्नता सकारात्मक वार्तालाप मार्फत मैत्रीपूर्ण ढङले सार्थक समाधानमा पुग्ने छ ।’

यसै विच भएको दुई पक्षिय दुर्भाग्यपूर्ण झडपमा भएको ज्यूधन तथा भौतिक क्ष्ति अपूर्णिय रहेको जसपाले जनाएको छ ।

उक्त झडपमा ज्यान गुमाउने २० भारतीय सैनिकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दैै सैनिकहरुको परिवारका सदस्यहरुसँग जसपाले सहानुभूति प्रकट गरेको छ ।

ठाकुरले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो हार्दिक इच्छा छ कि सीमा विवादहरुको सामना एवं समाधान गर्दा जुनसुकै परिस्थितिमा विधवंशात्मक विनाश जस्ता हिंसात्मक क्रियाकलापबाट जोगिनु पर्दछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ