भ्रमरपुरा घटनाको विषयमा मधेशी आयोगको चासो

समाचार

6/26/2021

काठमाडौं, १२ असार । महोत्तरीको भ्रमरपुरामा आफ्नै परिवारका सदस्यद्वारा रतौली माइति भएकी सुजिता ठाकुरको हत्या भएको विषयमा मधेशी आयोगले चासो लिएको छ ।

आयोग अध्यक्ष डा.विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीका विषयमा आवश्यक कानुनी कारवाहीको लागि प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका हुन ।

अध्यक्ष दत्तले घटनाको विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलीफोन सम्पर्क गरि घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिनुका साथै आयोगले पनि आफ्नो तर्फबाट कारवाहीको प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।

घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरि अगाडी बढ्ने पनि उनले विश्वा जनाए ।

आयोगले यस्ता घटनाका सम्बन्धमा नजिकको प्रहरी चौकी वा आयोगको हेल्पलाइन ११५२ वा टोल फ्री १६६००११६१८५ मा सम्पर्क गरि उजुरी टिपाउन पनि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ