भरुवा बन्दुकसहित २ जना पक्राउ

समाचार

4/25/2021

मोरङ, ११ बैशाख । केराबारी गाउँपालिका–३ मंसिरे बस्ने २६ वर्षीय रुबिन लिम्बु र ३५ वर्षीय गजेन्द्र बहादुर राईलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका–३ मंसिरेस्थित जंगलमा उनीहरुसँगै गएका सोही ठाउँ बस्ने ३३ वर्षीय हस्त कुमार राई भरुवा बन्दुक पड्की मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय केराबारी र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ