भरुवा बन्दुक बरामद

समाचार

7/9/2021

कैलाली, २५ असार । गौरीगंगा नगरपालिका–७ महुलियास्थित निराजन सामुदायिक वनभित्र लुकाई राखेको २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ४४ थान फलामको गोली, १३ थान केभ र अन्दाजी १ सय ग्राम बारुद प्रहरीले बरामद गरेको छ ।

बिहीबार दिउँसो वनभित्र सरसफाई गर्ने क्रममा कुसुमको रुखको प्वालभित्र भरुवा बन्दुक फेला परेको भन्ने खबर प्राप्तसाथ ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ