कैलाली, ८ बैशाख । मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ सहित सोही ठाउँ बस्ने ४५ वर्षीया धनसरा गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक र सालको काठ फेला पारी उनलाई पक्राउ गरको हो । साथै धनसराको श्रीमान चन्चल भन्ने रचन्द्र राज गिरी फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया