भेरी अस्पतालमा भारतबाट आइपुग्यो लिक्विड अक्सिजन

समाचार

5/19/2021

काठमाडौं, ५ जेठ । बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालमा भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन आइपुगेपछि अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको छ ।

त्यसका लागि लिक्विड अक्सिजन ट्यांक अस्पताल परिसरमा ठड्याइएको छ । केही दिनदेखि नै अस्पताल परिसरमै ट्यांक ल्याएर राखिएको थियो ।

अस्पतालका अनुसार यो स्टोरेज ट्यांक हो । यसमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिन्छ । त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइपलाइनबाट बेड–बेडमा सप्लाई गरिन्छ । कोरोना कहरका बीचमा भारतको जमसेदपुरबाट कोहलपुर मेडिकल कलेजमा दुई ट्यांकर लिक्विड अक्सिजन ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ