नगरपालिकाको भवन निर्माण सुचारु

समाचार

5/11/2020

धनगढी, २९ वैशाख । कोरोनाका कारण प्रभाबित भएको घोडाघोडी नगरपालिकाको भवन बनाउने काम पुन सुचारु हुने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेवाट देशभर लकडाउन गरेपछि भवन निर्माणको काम पुरै प्रभावित बनेको थियो ।

लकडाउनका बिच काम गर्न नसकिएको हुँदा अब सामाजिक दुरी कायम गरेर काम सुचारु हुने निमार्ण कम्पनी स्काई, एनएस केडिएन जेबीले जनाएको छ । नगरपालिकाको वडा नम्बर १ को हेलिन्याडमा भवन निमार्ण हुने काम भईरहेको थियो । तर कोरोनाका कारण काम प्रभावित भएको थियो ।

कात्तिक २० गते मात्र पुर्व कृषि मन्त्री तथा कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले भवनको शिलन्यास गरेका थिए । कात्तिक २० गते शिलन्यास भए पनि अहिलेसम्म जगका लागि खाल्डो खन्ने काम मात्रै भएको छ ।

भवन निर्माणको काम उसै पनि सुस्त गतिमा भैरहेका बेला लकडाउनले अझै समस्या थपेको छ । बर्षायत सुरु हुनै लाग्दा काम गर्न झनै कठिनाई हुने भए पछि तोकिएको समयमै भवन निर्माणको काम सम्पन्न नहुने देखिएको छ

। समयमा चाहिएको बेला निर्माणका सामग्रीहरु पनि नपाइने हुदा केही समस्या हुने देखिएको छ । करिब ४ करोड १६ लाखमा स्काई, एनएस केडिएन जेबी निमार्ण कम्पनी दैलेखसँग सम्झौता भएको छ । भवन दुई वर्ष भित्रमा निर्माण गरी सक्ने गरी घोडाघोडी नगरपालिका उक्त कम्पनीसँग सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ