जनकपुरधाम, ३ बैशाख । नेकपा माओवादी (केन्द्रले कारबाही गरी बर्खास्त गरेका बाराका समानुपातिक प्रदेश सांसद महोम्मद समिरको स्थानमा सप्तरीबाट नयाँ सांसद थप्ने तयारी गरेको छ ।
माओवादीले मुस्लिम समुदायबाटै समानुपातिक सांसदको नाम सिफारिस गर्ने तयारी गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।
एमालेतर्फ लागेका कारण कारबाही गर्दै प्रदेश सांसदबाट रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन कुशवाहा र महोम्द समिरलाई निलम्बन गरेको छ ।
निलम्बितमध्ये ३ जना प्रत्यक्ष निर्वाचित सांसद हुन भने समिर समानुपातिक सांसद हुन । समिरको स्थानमा सप्तरीबाट प्रतिनिधित्व हुने गरी समानुपातिक सांसद थप्ने तयारी भएको उनले बताए । समानुपातिक सांसद थप भए प्रदेश सभामा माओवादी केन्द्रको सांसद संख्या ८ पुग्छ ।
तपाईको प्रतिक्रिया