मुख्यमन्त्री राउतको राजीनामा माग

समाचार

8/22/2020

काठमाडौं, ६ भाद्र । रौतहटमा पुजारी हत्याको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।

भदौ ३ गते राति रौतहटको माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।

तर सो हत्याका दोषी हालसम्म पत्ता नलागेको तथा प्रदेश सरकारले जनताको सुरक्षा दिन नसकेको भन्दै अभियानले जनकपुर, रौतहट, वीरगञ्जमा लगायतका स्थानमा विरोध प्रदर्शन गर्दै मुख्यमन्त्रीको राजीनामा मागेको हो ।

अभियानका रौतहट संयोजक शंकर दासले जनताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्री राउतले आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ