मुख्यमन्त्री राउतद्वारा अक्सिजन प्लान्टको उद्घाटन

समाचार

6/16/2021

जनकपुरधाम, २ असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बुधबार जनकपुर धाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।

एसआरजे ग्रुपले जनकपुरधाम उपमहानगर वडा न. २३ मा स्थापना गरेको ग्यास प्लान्टको मुख्यमन्त्री राउतले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना माहामारीसँग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा उद्योगका सञ्चालकहरु धन्यवाद दिँदै जनकपुर क्षेत्रमा अब अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरेका छन् ।

सात करोडको लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाइएको छ ।

एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशसभा सदस्य करिमा बेगम, पूर्वकृषिमन्त्री हरिनारायण यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ