जनकपुरधाम, १४ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारीको वर्तमान अवस्थाबारे आठबटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको भर्चुअल सम्बादमा मुख्यमन्त्री राउतले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमहरुको प्रभाव र अगामी दिनमा अपनाउनु पर्ने रणनीतिहरुबारे जानकारी लिएका हुन् ।
छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा रहेको कोरोना संक्रमितहरुको अवस्था, अस्पतालहरुमा थप गर्नु पर्ने सुविधा बारेमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारीहरुको व्रिफिङ्ग पछि मुख्यमन्त्री राउतले जिल्लाहरुबाट भएको मागहरुबारे प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र र मन्त्री परिषदको बैठकबाट निर्णय गरिने जानकारी गराएका छन् ।
बैठकमा प्रमुख सचिव गोकर्ण मणि दुवाडीसहित सरोकारबाला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमेत उपस्थिति रहेको थिए ।
तपाईको प्रतिक्रिया