माग पूरा भयो भने केपी ओलीसँग पनि सहकार्य हुन्छ : मनिष सुमन

समाचार

3/22/2021

काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेश २ का सांसद मनिष सुमनले सत्ताको साँचो अहिले आफूहरुको हातमा भएको बताएका छन् ।

उनले आफ्नो सत्ता टिकाउन प्रधानमन्त्री केपी ओलीले पनि आफूहरुको साथ खोजिरहेको बताए ।

काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा नता सुमनले सत्ताको साँचो आफूहरुको हातमा भएपनि दम्भ नभएको बताए ।

‘संविधान संशोधनमा थुप्रै मुद्दा छन् । मधेश आन्दोलन ताका मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीलगायतको रिहाई, झुठा मुद्दा फिर्ता जस्ता माग पूरा गर्नेहरुसँग हामीले सहकार्य गर्छौ,’ उनले भने । जसपा कुर्सीको लागि गठन नभएको उनको भनाइ छ ।

उनले जसपा नेपाल कुनै पनि हालतमा नफुट्ने उल्लेख गर्दै भने,‘हामी फुट्नेवाला छैनौं । जसपाका माग पूरा भयो भने केपी ओलीसँग पनि सहकार्य हुन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ