माछा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु

समाचार

9/21/2020

मोरङ, ५ असोज । ग्रामथान गाउँपालिका–४ स्थित माछा पोखरीमा सोही ठाउँ बस्ने ३५ वर्षीया सिता अधिकारी र उनकै २ जना छोरीहरु १४ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया प्रितिका अधिकारीको डुबेर मृत्यु भएको छ ।

उक्त पोखरी तथा माछा रेखदेख गर्ने उनीहरु बिहान माछालाई चारो हाल्न गएकोमा साँझसम्म घर फर्की नआए पश्चात खोजी गर्दा उक्त पोखरीमा तीनै जनाको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ