माछा मार्ने विषयमा झगडा हुँदा एक महिलाको मृत्यु

समाचार

12/14/2020

सप्तरी, २९ मंसिर । बोदेबरसाईन नगरपालिका–३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने बिषयमा दुई पक्षबीच आइतबार राति झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ४५ वर्षीया गंगिया देवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय शिवसरण मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रबित मण्डल रहेका छन् ।

उक्त स्थानमा झगडा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोधेबसाईन र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका ४ जनाको नर्सिङहोम लहान सिरहामा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ