सुनसरी, २८ माघ । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जर चोकस्थित सडकमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका–४ पिडारी बस्ने ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको छ ।
मंगलबार साँझ ठक्करबाट गम्भीर घाइते भएका महेन्द्रको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक सोही नगरपालिका–४ बस्ने ३० वर्षीय घनश्याम धामीको सोही अस्पतालमा उपचार भईरहेको छ ।
तपाईको प्रतिक्रिया