पर्सा, ३० असार । वीरगंज महानगरपालिका–१३ स्थित मनोज आयल स्टोर अगाडि सडकमा ना.४० प २८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–११ दुर्गा टोल बस्ने सर्लाही बलरा नगरपालिका–४ घर भएका ५० वर्षीय सञ्जु सिंहको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका–१४ बस्ने १९ वर्षीय राहुल शर्माको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया