मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

6/21/2021

बाँके, ७ असार । नेपालगंज उपमहानगरपालिका–१८ एसके पेट्रोल पम्प नजिक सडकमा भे.८ प ७०० नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोही उपमहानगरपालिका–१९ बस्ने ६२ वर्षीय छेदन खटिकको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ