कैलाली, २५ माघ । गोदावरी नगरपालिका–९ बल्मीस्थित सडकमा से.७ प ५३८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–११ घुर्सुवा बस्ने ५१ वर्षीय ट्याउटु चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पद्मा अस्पताल अत्तरीया हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–५ गेटा बस्ने २५ वर्षीया सन्ध्या चौधरीको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया