मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु

समाचार

6/6/2021

रौतहट, २३ जेठ । गौर नगरपालिका–४ गौर चपुरस्थित सडकमा बीआर ०५ एएच ७५४४ नम्बरको मोटरसाइकललाई ज.१ त ४४१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक वौधीमाई नगरपालिका–७ बंकुल बस्ने ३२ वर्षीय मुकेश जयसवालको मृत्यु भएको छ ।

शनिबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय शिवकुमार यादवको सोही अस्तपाल हुँदै थप उपचारको लागि वीरगंज पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ