वीरगञ्ज, २६ मंसिर । बारा प्रहरीले चोरी गरिएका दुई थान मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका ७ बस्ने २२ वर्षका मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर रहेका छन् ।
पूर्व–पश्चिम राजमार्ग सडकखण्डको निजगढ नगरपालिका ९ शहिदचोकस्थित इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा ६८ प ५५९५ नम्बरका दुई थान पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
दुबै जनालाई चोरी मुद्दा अन्तर्गत जिल्ला अदालतबाट पाँच दिनको लिइ थप अनुसन्धान भइरहेको मिश्रले बताए ।
तपाईको प्रतिक्रिया