मोरङ, १३ मंसिर । उर्लावारी नगरपालिका–८ गुरुङ टोलमा मे.४ प ९२८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तेह्रथुम म्यागलुङ नगरपालिका–९ बस्ने ४५ वर्षीय श्याम बहादुर तामङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उर्लावारी नगरपालिका–८ सर्वलाल चोक बस्ने ३० वर्षीय उपेन्द्र दनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया