रुपन्देही, २१ चैत । तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु.६० प २४१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–३ बस्ने ३८ वर्षीय घनश्याम पाण्डेको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनास्थलमा स्थानीयको सहयोगमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया