कपिलवस्तु, ३० जेठ । कपिलवस्तु नगरपालिका–३ डेरवास्थित सडकमा लु.२७ प ३४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
शनिबार साँझ मोटरसाइकलमा सवार सोही नगरपालिका–११ जहदी बस्ने ४२ वर्षीया कलावटी कुर्मीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया