मोरङ, ५ बैशाख । धनपालथान गाउँपालिका–४ स्थित सडकमा को.२७ प ६४५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बस्ने २३ वर्षीय भोला शर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने २२ वर्षीय कासमिक मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको छ ।
तपाईको प्रतिक्रिया