मोटरसाइकल चोरी गरेको अभियोगमा आजाद पक्राउ

समाचार

6/30/2021

पर्सा, १६ असार । मोटरसाइकल चोरी गरेको अभियोगमा पर्सागढी नगरपालिका–५ बस्ने २२ वर्षीय आजाद मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पर्सागढी नगरपालिका–५ स्थित चोकमा जाँच गर्नेक्रममा आजादलाई चाबी लगाउने लक भाँचिएको अवस्थाको ना.३९ प ३८२४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल सोमबार राति वीरगञ्ज महानगरपालिका–२८ बगही बस्ने कृष्ण शर्माको घरबाट चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा पर्सागढी नगरपालिका–५ बस्ने रोज मोहम्मदको घरबाट असार ८ गते हराएको ना.२८ प १३३७ नम्बरको मोटरसाइकल समेत उनले चोरी गरी घरमा लुकाई राखेको खुल्न आएपछि प्रहरीले उनको घर तलासी गरी उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।

आजाद उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ