बाँके, २८ माघ । बाँके जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जनालाई गत आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँके खजुरा गाउँपालिका-३ धौलागिरी ठेगाना भएका ३५ वर्षीय राम बहादुर थापा, नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बस्ने जुल्ला चन्दनाथ नगरपालिका–११ कालिखोली घर भएका ३१ वर्षीय धिरेन्द्र विक्रम शाही, दाङ गढवा गाउँपालिका–४ खड्कपुर ठेगाना भएका समिर भन्ने २८ वर्षीय ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री गाउँपालिका–१ पाङ ठेगाना भएका २८ वर्षीय छविलाल पुन मगर, रोल्पा लुग्री गाउँपालिका–५ गुम्चाल ठेगाना भएका २४ वर्षीय नवराज रोका क्षेत्री र बाँके नेपालगन्ज उपमहानगरपालिका–१० सुगन्धटोल ठेगाना भएका २८ वर्षीय रंजित शर्मा रहेका छन् ।
यही माघ ५ गते नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित क्लाउड–९ रेष्ट्रो एण्ड डान्स बारको पार्किङबाट सोही उपमहानगरपालिका–२० बस्ने प्रतिक गुरुङको भे.१० प ३५०६ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुको पहिचान गरी पक्राउ गरेको हो ।
उनीहरुले हालसम्म जिल्लाका विभिन्न स्थानबाट ११ वटा मोटरसाइकल चोरी गरेकोमा हाल लु.३९ प २८६६, २.रा ४ प ४५५०, रा.५ प ६२३३, लु.४५ प ८९२८, रा.५ प ३२३ र बा.३६ प ५९४ नम्बरको समेत गरी ६ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया