मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ

समाचार

5/11/2021

पर्सा, २८ बैशाख । वीरगंज महानगरपालिका–३१ वेल्वा बस्ने सुरेन्द्र यादवको ना.१९ प ४०२२ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा बहुदरमाई नगरपालिका–४ बस्ने २३ वर्षीय नसिर अन्सारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

यादवको घरको कम्पाउण्डभित्र रहेको उक्त मोटरसाइकलको लक फुटाई चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–३१ भेडैयाखोलाको पुलमा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्दाबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ