बारा, १९ जेठ । बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित नहरमा भारतीय नम्बर प्लेट भएको बी आर ०५ ए एल ७०८३ र बीआर ०५ वाई ५५७८ नम्बरको मोटरसाइकल ठोक्किँएका हुन् ।
दुर्घटनामा बी आर ०५ ए एल ७०८३ नम्बरको मोटरसाइकलका चालक पचरौता नगरपालिका ३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
दुर्घटनामा परि अर्का मोटरसाइकल चालक भारत जिल्ला मोतिहारी थाना झरौखर ग्राम पन्चायत बिजवनी वडा नम्बर ९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनिया घाइते भएका छन् । उनको सिम्रौनगढमा रहेको कंकाली पोलिक्लिनिक उपचार भइरहेको मिश्रले बताए ।
तपाईको प्रतिक्रिया