मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

समाचार

6/24/2021

कैलाली, १० असार । गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा से.७ प ४३९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–८ बडियाँ बस्ने २८ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय कालु चौधरी र २१ वर्षीय मान बहादुर साउँदको बडिमालिका पोलिक्लिनिक चौमालामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ