मोटरसाइकल दुर्घटनामा परी कपिलवस्तुमा एकको मृत्यु

समाचार

4/27/2021

कपिलवस्तु, १४ बैशाख । महाराजगंज नगरपालिका–१ स्थित सडकमा लु.१ प ९८७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ गैडहवा बस्ने २२ वर्षीय रमेश पासवानको मृत्यु भएको छ ।

सोमबार राति दुर्घटनामा गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै घाइते भएका मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ नयाँ हाटबजार बस्ने २१ वर्षीय रोहित कहारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ