मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

समाचार

5/19/2021

कैलाली, ५ जेठ । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित भित्री सडकमा से.२ प ८३०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १६ वर्षीय आशिष नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ८ वर्षीय नरेश खत्रीको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ