मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

समाचार

1/28/2021

सप्तरी, १५ माघ । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर रोलरमा ठोक्किँदा चालक तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा निवासी ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको छ ।

मुखियासहित मोटरसाइकलमा सबार सोही ठाउँका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंग घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि विराटनगर लगेकोमा शिवकुमारको सोही क्रममा मृत्यु भएको र बाँकी दुई जनाको उपचार त्यही भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ