मोटरसाइलकको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

6/14/2021

कैलाली, ३१ जेठ । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहमा से.५ प २६७१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री भजनी नगरपालिका–१ बस्ने ४६ वर्षीयि सादुराम डगौराको मृत्यु भएको छ ।

आइतबार साँझ ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै घाइते मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि लागि माया मेट्रो अस्पताल धनगढी तथा मोटरसाइकलमा सवार १ जनालाई थप उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ ।

घाइते दुबै जनाको अवस्था गम्भीर रहेको छ । घाइते भएका साइकलयात्री उपचार पश्चात डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ