महोत्तरी, २ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा बर्थि∙ सेन्टर (प्रसुति गृह) सञ्चालन गरिएको छ ।
महिलाहरुलाई सुलभ रुपमा प्रसुति सम्बन्धी सेवा दिने उदेश्यले मटिहानी नगरपालिकाको वडा नं. ६ स्वास्थ्य चौकी मटिहानीमा प्रसुति तथा प्रयोगशाला सेवा सञ्चालन गरिएको कुरा स्वास्थ्य चौकीका प्रमुख किशन मण्डलले बताए ।
यसैबीच सो बर्थि∙ सेन्टरको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले प्रसुति केन्द्रको प्रारम्भ सँगै मटिहानी स्वास्थ्य क्षेत्रमा एक कदम अगाडी बढेको भने ।
मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबाबु नायकको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजनीतिकर्मीहरु राम कुमार मण्डल, गणेश प्रसाद साह, उमा शंकर साह, महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीका अध्यक्ष मोहन प्रसाद गुप्ता, मटिहानी नगरपालिकाका योजना अधिकृत राजेश कुमार शर्मा, स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख पवन मण्डल, नागेश्वर पाण्डेय लगायतका वक्ताहरुले बर्थि∙ सेन्टर सञ्चालन भएकोमा खुशि व्यक्त गरेको थिए ।
तपाईको प्रतिक्रिया