मटिहानीमा विद्यालय भवन उद्घाटन

समाचार

4/18/2021

महोत्तरी, ४ बैशाख । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ मा रहेको राम जानकी दलित आधारभूत विद्यालय मटिहानीको नव–निर्मित भवनको एक समारोहबीच प्रतिनिधिसभाका चन्दा चौधरी र मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नेपाल सरकार र मटिहानी नगरपालिकाको करीव १८ (अठार) लाख आर्थिक सहयोगमा दुई कोठे विद्यालय भवन निर्माण भएको कुरा मटिहानी नगरपालिकाको ईन्जिनियर विमलेश साहले बताए ।

सो अवसरमा बोल्दै साँसद चौधरीले आजको आधारभूत आवश्यकता शिक्षा रहेकोले हरेक नागरिक शिक्षित हुनु पर्ने बताइन् । कार्यक्रममा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले पालिकाका हरेक नागरिकलाई शिक्षित र साक्षर बनाउनु आफु प्रतिबद्ध रहेको पनि बताए ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष गणेश प्रसाद साह, मटिहानी गा.वि.स. पुर्व अध्यक्ष राम कुमार मण्डल, राजनैतिक कर्मीहरु जुगेश्वर खत्बे, शंकर साह सोनार, जितनारायण माझी, रामबाबु नायक , महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीका अध्यक्ष मोहन प्रसाद गुप्ता र विद्यालयका प्र.अ. लक्ष्मण मण्डल खत्बे लगायतले पनि विद्यालयको विकास वारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ