मटिहानी नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार

7/14/2021

महोत्तरी, ३० असार । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा एकदिने नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मंगलबार मटिहानी नगरपालिकाको आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा मेडिशिन, बालरोग, हाडजोर्नि तथा स्त्री रोगका विशेशज्ञ चिकित्सकहरू सहभागि भइ उपचार गरेका थिए ।

शिविरमा करिब ३ सय जनाको उपचार गरिएको स्वास्थ्यकर्मी रामभरोस महतोले बताए ।

एक समारोहबीच यस शिविरको उद्घाटन मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले गरेका थिए ।

शिविरमा निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ