काठमाडौं, १८ माघ । मातृभूमिका लागि नेपाली केन्द्रीय परिषदको तेस्रो पूर्ण बैठक बैठकले विभिन्न १९ वटा विभागहरु गठन गरेको छ ।
जसअनुसार परराष्ट्र विभागमा दीपक गजुरेल, नीति तथा कार्यक्रममा अरुणकुमार सुवेदी, संगठन विभागमा नारायण कोइराला, शिक्षा विभागमा डा. सविन्द्रराज भण्डारी, कृषि तथा उद्यम विभागमा भवानीप्रसाद शर्मा, प्रचार विभागमा सुशील देवकोटा, युवा विभागमा रमेश श्रेष्ठ, महिला विभागमा मञ्जिला शर्मा रहेका छन् ।
त्यसगरी, आर्थिक विभागमा भाष्कर पन्त, पर्यटन विभागमा रामप्रसाद पौडेल, यातायात विभागमा शरद अधिकारी, खेलकुद विभागमा नमराज भण्डारी, कला तथा संस्कृति विभागमा वसन्त पोख्रेल, पर्यावरण विभागमा डीबी चौधरी, उद्योग बाणिज्यमा खेमराज ढकाललाई विभागीय प्रमुखमा चयन गरेको छ ।
बैठकले डा. विष्णु प्रसाद सुवेदी (नवलपुर), डा. जनार्दन आचार्य (बाँके) डिबी चौधरी (नवलपुर), भाष्कर पन्त (चितवन), केशव अधिकारी (नवलपुर), अञ्जु सुवेदी (काठमाडौ) लाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।
बैठकमा केन्द्रीय संयोजक देवप्रकाश त्रिपाठीले राजनीतिक प्रतिवेदन, संगठन विभाग प्रमुख नारायण कोइरालाले सांगठनिक प्रतिवेदन, परराष्ट्र विभाग प्रमुख दीपक गजुरेलले विश्व परिवेसमा नेपाल विषय र नीति तथा कार्यक्रम प्रमुख अरुणकुमार सुवेदीले नेपालको राजनीतिमा बाह्य शक्तिको प्रभाव विषयमा प्रतिवेदन पेश गरेका थिए । बैठकले उक्त प्रतिवेदनहरू परिमार्जनसहित स्वीकृत गरेको छ ।
त्यस्तै बैठकमा संगठन विस्तारका लागि नारायण कोइराला, अरुणकुमार सुवेदी र जयबहादुर चन्दको संयोजकत्वमा तीन टोली समेत गठन गरेको छ । दौडाहा टोलीले देशका विभिन्न जिल्लामा संगठन विस्तारका कार्यक्रम गर्ने बताइएको छ ।
बैठकले आगामी फागुण १४ गते काठमाडौंमा सबै राजनीतिक दलका मूख्य नेताहरूलाई खुल्ला रूपमा प्रशिक्षण दिने निर्णय गरेकोे छ । उक्त प्रशिक्षणमा देशका ठूला राजनैतिक दलका खास खास नेताहरूलाई आमन्त्रण गरिने र उनीहरूलाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकता सुशासन, विदेशी प्रभावलगायतका बिषयमा प्रशिक्षण दिइने छ ।
बैठकमा आगामी निर्वाचन, राष्ट्रिय एकता र समृद्धिका विषयमा पनि छलफल भएको थियो । मातृभूमिका लागि नेपालीको बैठक माघ ९ र १० मा चितवनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया