जनकपुरधाम, १ चैत । शनिबारदेखि विधिवत् रुपले मिथिला मध्यमिकी परिक्रमा शुरु भएको छ । शनिबारबाट सुरु भएको मिथिला माध्यमिकी परिक्रमाको टोली पहिलो दिन जनकपुरधामको हनुमानगढीमा विश्राम गरेका छन् ।
मिथिला क्षेत्रमा प्रत्येक वर्ष होलीको दुई साता अघिदेखि नै यो परिक्रमा सुरु हुन्छ । १५ दिनसम्म विभिन्न स्थलको पैदलै परिक्रमा गर्नु नै मिथिला माध्यमिकी परिक्रमा हो ।
१५ दिने परिक्रमा अन्तर्गत शनिबार जनकपुरधामस्थित हनुमानगढीमा विश्राम गरेका छन् भने आज कल्याणेश्वर को लागी प्रस्थान गरिरहेका छन् ।
त्यस्तै भोली सोमबार फुलहर त्यस्पछि क्रमशः महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चन वन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाको धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर अन्तिम दिन अर्थात् फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किने चलन रही आएको छ । यसपछि जनकपुरधामस्थित पाँच कोशे अन्तरगृह परिक्रमा गर्दै यो परिक्रमा सम्पन्न गरिन्छ ।
माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी कुल १ सय २० किलोमिटर भू–भागमा साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्छन् । यसमा नेपाल तथा भारतका समेत साधुसन्त र भक्तजनको उल्लेख्य सहभागिता रहने गर्दछ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, कीर्तनसहित रामजानकीको डोला जनकपुरधामस्थित रत्नसागर मठ हुँदै जानकी मन्दिरमा ल्याएर परिक्रमा सुरु गर्ने चलन रही आएको छ ।
जानकारहरुका अनुसार १८ औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको छ । यस परिक्रमामा सहभागी भएमा पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने विश्वास रही आएको छ ।
यसैबिच प्रशासनद्वारा मिथिला मध्यमिकी परिक्रमा विश्रामस्थलमा मासु मदिरा बिक्री वितरणमा प्रतिबन्ध लागाइएता पनि कार्यान्वयनमा आउन सकेको छैन । जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमाको डोलाका सबै विश्राम स्थलहरु र त्यहाँभन्दा एक किलोमिटर वरिपरी माछामासु बेचबिखनमा रोक लागाएको हो ।
शुक्रबार एक सूचना जारी गर्दे परिक्रमाको डोला पुग्नु २४ घण्टा अगावैदेखि लागू हुनेगरी पशुबध तथा माछामासु बिक्रीवितरण, सेवन नगर्न÷नगराउन भनिएको छ । तर त्यो कागमा मात्र सिमित रहेको छ ।
शनिवार जनकपुरमा चोक चौरहाहरुमा खुलेआम मासु मदिराका पसलहरु खुल्ला रहेको थियो भने माछा मासु पनि सहजै बिक्रिवितरण भएको छ । परिक्रामा मा सहभागी यात्रीहरु प्रशासन पसलेहरुसँग सेटिङ्ग गरेको हुनाले त्यो कागजमा मात्र सिमित हुन गएको र कार्यावायनमा आउन न सकेको आपनो दुखेसो व्यक्त गरे ।
मिथिला परिक्रमा क्षेत्र मात्र हैेन जनकपुर नगर भित्रै यसको बिक्रि बितरणमा रोक लगाउनुपर्ने आपनो तर्क दिए । एक स्थानीयका अनुसार प्रहरीलाई खबर गरेपनि त्यो कुनै चाँसो नदेखाएको जिकिर गरे ।
तपाईको प्रतिक्रिया