मिथिला माध्यमा परिक्रमा मटिहानीमा

समाचार

3/17/2021

जलेश्वर, ४ चैत । मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमा परिक्रमा मटिहानी पुगेको छ । भारत बिहारको गिरिजा स्थानबाट सोमबार डोला सहित निस्केका परिक्रमा मटिहानी पुगेको छ ।

शनिबारबाट धनुषाको ठेलाकचुरीबाट यात्रा शुरु भएको परिक्रमा क्रमशः धनुषाधामको हनुमान गदी, भारत बिहारको कल्याणेशवर, गिरिजास्थानमा विश्राम पश्चात् मटिहानी पुगेको छ ।

परिक्रमामा आएका श्रदालु,सन्त–महन्थहरुलाई मटिहानी नगरपालिकाका मेयर हरि प्रशाद मण्डलले स्वागत समेत गरेका थिए ।

उक्त दिन परिक्रमाबासीहरुका लागि मटिहानी नगरपालिकाले खानेपानी, भोजन, स्वास्थ्य शिविर, बिजुली लगायतका व्यवस्थापन समेत गरेको थियो ।

जनकपुरधामको अग्निकुन्डबाट किशोरी जीको डोला अनि कचुरी मठबाट मिथिला बिहारीको डोला प्रमुख डोलाको रुपमा रहेको स्थानीय साधु राजो कसेराले जानकारी दिए । उक्त डोलासँगै हजारौंको संख्यामा विभिन्न भारत नेपालका जिल्लाबाट श्रदालुसमेत रहेको थियो ।

उक्त दिन डोला र सन्त–महन्थहरुलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी, एसपी, मटिहानी नगरपालिकाका कर्मचारी, उद्योग वाणिज्य महासंघका पदाधिकारी, मानवअधिकारकर्मी लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको वडा ७ का अध्यक्ष जित नारायण माझीले जानकारी दिए ।

१८ औं शताब्दीमा पनि धार्मिक परिक्रमा यात्राको रुपमा रहेको र सहयात्रीहरु नेपाल भारतको १ सय ३२ किलोमिटरको परिक्रमा गर्दै आइरहेका छ्न ।

परिक्रमा यात्रा मटिहानीबाट क्रमशः जलेश्वर, मडै, ध्रुबकुन्ड, कंचनवन, पर्वता, धनुषाधाम, औरही, बिशौल हुँदै पुनः कल्यानेश्वरमा गइ त्यसपछि जनकपुरधाममा पुगी भोलिपल्ट अन्तरगृह परिक्रमा गरि समाप्त गरिने परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ