मदरसाहरूको अभिलेखिकरण गर्न मुस्लिम आयोगलाई निर्देशन

समाचार

7/6/2020

काठमाडौं, २२ असार । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मदरसाहरूको अभिलेखिकरण गरी व्यवस्थित गर्न मुस्लिम आयोगलाई निर्देशन दिएको छ । समितिको बैठकले चालु आर्थिक वर्षमा मुस्लिम आयोगबाट भए गरेका कामहरूबारे छलफल गरेपछि उक्त निर्देशन दिएको हो ।

समितिले आयोगलाई दिएको निर्देशनमा भनिएको छ, ‘आफ्नो कार्यक्षेत्र भित्रका विषयमा स्पष्ट एवं एकीकृत कार्ययोजना बनाई यो समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक लगायतका क्षेत्रमा मूलप्रवाहीकरणमा ल्याउन, यो समुदायभित्र रहेका कुरीति, कुप्रथा एवं लैंगिक लगायतका हिंसाहरूलाई प्राथमिकताका साथ नियन्त्रण, न्यूनिकरण गर्न, मदरसाहरूको अभिलेखिकरण गरी व्यवस्थित गर्न, गराउन, मदरसा शिक्षाको सम्बन्धमा स्पष्ट नीति अवलम्बन गर्न, गराउन समिति आयोगलाई निर्देशित गर्दछ ।’

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पर्याप्त बजेट नभएको बताएका थिए । समितिले आयोगका प्रतिफलदायी कार्यक्रम कार्यान्वयनमा समस्या आउन नदिनका लागि सरकार र अर्थमन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ