मोदी र सि जिनपिङ भेट्दै

समाचार

11/17/2020

काठमाडौं, २ मंसिर । कोरोना भाइरसको विश्वव्यापी महामारीबीच आर्थिक अवस्थालाई कसरी सुधार गर्ने भन्ने विषयमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका (ब्रिक्स)का कार्यकारी प्रमुखहरु भर्चुअल बैठक गर्दैछन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अगुवाइमा ब्रिक्सको बैठक बस्न लागेको हो । ‘विश्वको स्थायीत्व, साझा सुरक्षा र सृजनात्मक वृद्धि’ विषयमा बैठक केन्द्रित हुने छ ।

एक सातामा दोस्रोपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ एउटै फोरममा देखिन लागेका हुन् ।

यसअघि नोभेम्बर १० तारिखमा रुसकै अगुवाईमा भएको सांघाई कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा पनि जिनपिङ र मोदी सहभागी थिए । सिमा क्षेत्रमा देखिएको तनावका कारण पछिल्लो समय चीन(भारत सम्बन्ध बिग्रिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ