मध्यदेशीय साहित्य संघ गठन

समाचार

2/16/2021

काठमाडौं, ४ फागुन । मध्यदेशीय भाषा, संस्कृति र साहित्यको संरक्षण एवं संवद्र्धनका लागि मध्यदेशीय साहित्य संघ गठन भएको छ । उपेन्द्र झाको अध्यक्षतामा सात सदस्यीय संघीय तदर्थ समिति मध्यदेशीय साहित्य संघ गठन भएको हो ।

हिमालय पर्वत तथा गंगा नदीको बिचको भूभाग प्राचिन मध्यदेश हो । जो कालान्तरमा अनेक नाम र रुपले परिचित छ र वर्तमान नेपालको विशिष्ट पहिचान बनेको छ ।

मध्यदेश अनेकौं भाषा र संस्कृतिको जननी हो, जसको आफ्नै साहित्यिक विरासत छ । ‘मध्यदेशीय साहित्य संघ गैरराजनितिक, गैरनाफामूलक सामाजिक संस्था हो, जो नेपालको प्रचलित कानूनतहत पञ्जीकृत भएर आफ्नो कार्य गर्नेछ । नेपाली एवं भारतीय क्षेत्रका समान उद्देश्य बोकेका साहित्यीक संस्थाहरुका साथ यसको भगिनी सम्बन्ध हुनेछ ।’ मंगलबार विज्ञप्ति जारी गरी जनाएको छ ।

यसको प्रस्तावमा भनिएको छ, ‘मध्यदेशीय साहित्य संघ नेपाली भूमिमा संघीय अवधारणा र संरचना अनुरुप संगठित हुनेछ । संघिय महाधिवेशनबाट यसको संस्थागत स्वरुप निर्धारण एवं व्यवस्थित हुनेछ । संघीय तदर्थ कार्यकारिणीले संघीय महाधिवेशन तयारी समितिको रुपमा समेत कार्य गर्नेछ ।’

मध्यदेशीय भाषा, संस्कृति र काहित्यको संरक्षण एवं संवद्र्धन गर्नु मध्यदेशीय साहित्य संघको उद्देश्य रहेको जनाइएको छ । मध्यदेशीय साहित्य संघले मध्यदेशीय भाषा, संस्कृति र साहित्यको अध्ययन, अनुसंधान, संग्रह, एवं प्रकाशन (अनलाइन÷अफलाइन) गर्नु, मध्यदेशीय भाषा एवं संस्कृतिका लेखकहरुलाई संगठित गर्नु तथा उनीहरुको हकहितको संरक्षण गर्नु र साहित्य एवं सांस्कृतिक गतिविधिहरुको आयोजना गर्ने कार्य रहेको जनाइएको छ ।

मध्यदेशीय साहित्य संघको उपाध्यक्ष संतोष कुमार चौधरी, महा–सचिव अजय कुमार झा, सचिव ध्रुव कुमार मण्डल, सदस्यहरु श्याम सुन्दर यादव, विद्यासागर साह र माला कुमारी कर्ण रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ