काठमाडौं, २५ असोज । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै विगत २७ दिनदेखि आमरण अनसनरत् डा.गोविन्द केसीसँग मध्यरातमा सरकारले ८ बुँदे सहमति गरेको छ ।
शनिबार मध्यरातमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया