जनकपुरधाम, २० फागुन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन् । चुरे विनास भइरहेको अवस्थामा सरकारी स्तरबाट त्यसको संरक्षणमा ध्यान पुग्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।
बुधबार जनकपुरधाममा जनकपुर साहित्य महोत्सवको उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा. यादवले प्रदेश २ को विकास चुरेसँग जोडिएकोले यसको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको बताए ।
प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिने कृषि उपजको भविष्य चुरे संरक्षणसँग जोडिएको र यहाँका करिब ६० प्रतिशत जनसंख्याको जीवन चुरेमाथि निर्भर रहेकोले त्यसलाई जोगाउन अगाडि आउनु पर्ने आवश्यकता रहेको पूर्वराष्ट्रपति यादवले बताए । उनले भने, ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ । चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन ।’
चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको उनले बताए । प्रदेश नम्बर २ को समृद्धिको मेरुदण्ड मानिने कृषि उपजको भविष्य चुरे संरक्षणसँग जोडिएको छ ।
चुरे संरक्षण मार्फत यी जनसंख्याको जीवन नै ध्वस्त हुने भएकाले त्यसबाट जोगाउन अगाडी आउनु आवश्यक रहेको उनले बताए ।
मधेशलाई मरुभूमिकरणबाट जोगाउन मात्र नभई बाढीपहिरोको विपदबाट जोगाउनसमेत चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति यादवले यस क्षेत्रको विकासका लागि चुरे सँगसंगै शिक्षा क्षेत्रको विकासतर्फ समेत ध्यान पु¥याउनु आवश्यक रहेको बताए ।
जनकपुरधाममा चार दिवसीय जनकपुर साहित्य महोत्सव सुरु भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा साहित्यकारदेखि कलाकारसम्मको सहभागिता रहनेछ । चार दिनको विभिन्न १५ वटा सत्रमा करिब चार दर्जन श्रष्टाहरुको उपस्थिति रहने आयोजकले जनाएका छन् ।
तपाईको प्रतिक्रिया