मधेशमा उपेन्द्र–बाबुरामसहितका नेताहरुको पुतला दहन

समाचार

5/26/2021

काठमाडौं, १२ जेठ । मधेशका मसिहा भनिएका उपेन्द्र यादवविरुद्ध नै मधेशमा अहिले प्रदर्शन र पुतला दहनसमेत सुरु भइसकेको छ । उपेन्द्र यादवसहित जसपाका केही नेताहरु मधेशविरोधी गतिविधिमा लागेको आरोपहरु लाग्न थालेका छन् ।

मधेशी जनताको भावना भावनाअनुसार जसपा निर्माण भएको तर एकताविपरीत गतिविधिमा लागेको, पार्टी विभाजन गर्न खोजेको, नागरिकता विधेयकको विरुद्धमा गतिविधि गरेको लगायतका आरोपहरु उपेन्द्रप्रति तेर्सिएका छन् ।

यसैगरी, जनकपुरधाममा पनि मंगलबार उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाललगायतका नेताहरुको पुतला दहन गरिएको छ ।

कुनै बेला केपी ओलीलाई मधेश विरोधी भनेर भनिन्थ्यो, अहिले मधेशमा उही केपी ओलीको जय–जयकार हुन थालेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ