मधेशमा जितिया पर्व मनाइँदै

समाचार

9/9/2020

काठमाडौं, २४ भाद्र । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व सुरु भएको छ । यसको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने गरेको संस्कृति विद्हरु बताउाछन् ।

तराई–मधेशमा मनाइने पर्वहरुमध्ये जितिया एउटा महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो पर्वलाई मधेशका महिलाहरुले बडो महत्वका साथ मनाउने गर्छन् ।

खासगरी मधेशको झापादेखि कञ्चनपुरसम्म बसोबास गर्ने मधेशी–थारु महिलाहरुका लागि जितिया पर्व एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व मधेशी–थारु महिला जहाँ बसेपनि बडो श्रद्धाका साथ मनाउँछन् । काठमाडौंलगायत विदेशमा समेत मधेशी समुदायमा मनाइने गरेको छ ।

जितिया पर्व ठाउ“ अनुसार केही फरक तरिकाले मनाइन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई “नहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ ।

जितिया ब्रत दुई किसिमको हुन्छ– साधारण र खर जितिया । सप्तमीको बिहान ब्रतालुहरु नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउ“छन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा राखेर खोलामा बगाउने चलन छ । तर अचेल घिरौलाको पातको सट्टा कर्कलाको पात पनि प्रयोग गरिन्छ ।

जितिया ब्रत कथा अनुसार चील्हो, सियरो नाम गरेका चील र स्याल जस्ता जनावरहरु पनि जितिया ब्रत बस्ने भएकोले ती जनावरहरुका निम्ति पातमा राखी पिना बगाउने गरिएको हो । त्यस दिनभरि चोखो बसी बेलुका फेरि खोलामा गई नुहाउ“छन् । सोही राती कुखुरा नबास्दै “डट्खट” वा दर खाने गर्दछन् । “खर जितिया” ब्रतमा “डट्खट” खाइदैन । दर खाईसकेपछि ब्रतालुहरु जाग्राम बस्नुपर्दछ ।

जितिया ब्रत कथालाई जितबाहनको कथा पनि भनिन्छ । यो कथा परापूर्वकाल देखि प्रत्येक बर्ष जितियामा ब्रत बस्ने महिलाहरुले अनिवार्य सुन्नै पर्ने हुन्छ । यो कथा नसुन्ने ब्रतालुहरुको ब्रत अपुरो भएको मानिन्छ ।

वास्तवमा, यो कथा एउटा पौराणिक तथा नैतिक कथा हो । यसले ब्रतालुहरुलाई अनुशासित र कर्तव्यपरायण बनाउनमा निकै महत्वपूर्ण भूमिका खेल्छ । यो कथाको पुरा अंश भन्न सात आठ घण्टा लाग्छ तर अचेल एक दुई घण्टामै पनि सिध्याइन्छ ।

कथालाई मुख्य दुई खण्मा ब्याख्या गरिन्छ । ती दुई खण्डमा पनि अन्य सहायक खण्डहरु छन् । यहा“ पहिलो खण्डको मात्र सारांश उल्लेख गरिएको छ । कथा अनुसार एउटा छुट्टै संसारमा छुट्टै राज्यको उदय हुन्छ जहा“ दुई वर्गको पनि अस्तित्व हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ