मधेशवादी पार्टी ‘बहुरूपिया’ : नेकपा नेता साह

समाचार

10/30/2020

रौतहट, १४ कार्तिक । नेकपाका नेता तथा सांसद प्रभु साहले मधेशवादी पार्टीले बहुरुपिया र जनतालाई ठगीरहेको आरोप लगाएका छन् ।

दशैं, दिपावली तथा छठको अवसरमा रौतहटको गरुडा नगरपालिका–५, महम्मदपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा सांसद प्रभु साहले मधेशवादी दलले समाजमा भ्रम फैलाउन बहरुपिया बनेको आरोप लगाएका हुन् ।

मधेशवादी दलले समाजमा भ्रम फैलाएर मधेश र पहाडको नाममा जनतालाई ठग्ने गरेको उनको भनाइ छ । उनले मधेशी दलले भ्रष्टाचार बढाउने र उदण्ड राजनीति गर्नतर्फ मात्र उद्दत रहेको आरोप लगाए ।

बाबुराम भट्टराई नेकपा माओवादीमा हुँदा पहाडीयाको पार्टी भनेर उफ्रिनेहरु अहिले उनै बाबुरामलाई नेता बनाएर बहुरुपी चरीत्र देखाएको उनले बताए ।

सांसद साहले संघ सरकारले मधेशमा संचालन गर्ने सबै कार्यक्रम एवम् परियोजनामा मधेशवादी दलले बाधा पुर्याई काम अवरुद्ध गरेकोप्रति आपत्ति जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ