मनाङका बाढीपीडितलाई नेपाल–भारत मैत्री संघको सहयोग

समाचार

6/21/2021

काठमाडौं, ७ असार । मनाङका बाढीपीडित जनताको सहयोगका लागि नेपाल भारत मैत्री संघले २ लाख १ हजार रकÞम प्रदान गरेको छ ।

सोमबार नेपाल भारत मैत्री संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र मोहन झा, उपाध्यक्ष बासुदेव रिमाल, ऋषि सापकोटा, महासचिब बध कृष्ण सुबेदी लगायतले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई सो रकÞम हस्तान्तरण गरेका छन् ।

मनाङ जÞिल्लाका विभिन्न ठाउँमा बाढीले सयौं घर परिवार विस्थापित बनाएको थियो । कार्यक्रममा मुख्यमन्त्री नेपालीले बिपत्तिको बेला देश भरका जनता सँगसगै छन भन्ने अनुभूति मिलेको बताउदै सहयोगी संस्था नेपाल–भारत मैत्री संघप्रति आभार प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ