जनकपुरधाम, २० चैत । प्रदेश २ का मन्त्रीहरुको टोलीले कोरोना उपचारका लागि तैयार पारिएको प्रादेशिक अस्पताल जनकपुरको निरीक्षण गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहितको टोलीले अस्पतालको निरीक्षण गरेका छन् । टोलीले कोरोना परीक्षणका लागि जडान भैरहेको पिसिआरको निरीक्षण समेत गरेका छन् ।
पिसिआरको जडानको काम अन्तिम चरणमा रहेको आजै अबेर रातिदेखि संचालनमा आउने अस्पतालका मेसु डा. नागेन्द्र यादवले जनाएका छन् ।
उक्त अवसरमा अस्पतालका चिकित्सकहरुले पिपिआरको नाउमा संघीय सरकारले गाउन मात्र पठाएको भन्दै आपत्ति जनाएका थिए ।
उनीहरुले यसअघि आएको पिपिआर उपयुक्त रहे पनि त्यसको मात्रा थोरै रहेकोले अविलम्ब व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया